दुई कानुनविद्सहित ओली पक्षका सात जना निर्वाचन आयोग जाँदै

काठमाडौं।  निर्वाचन आयोगले छलफलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली र प्रचण्ड–नेपाल पक्षसँग छलफल गर्दैछ। चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगले बिहीबार दुबै पक्षलाई ५/५ जना उपस्थित हुन छुट्टाछुट्टै पत्र पठाएको थियो। 

छलफलमा ओली पक्षले कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको छ। ओली समूहबाट सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरूसहित ७ जना छलफलमा सहभागी हुने तयारी छ।

यता  प्रचण्ड–नेपाल समूहबाट आयोगको आग्रहअनुसार नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

आजको छलफलमा नेकपाको आधिकारिकताको बिषयमा छलफल हुने औपचारिक योजना छैन तरपनि छलफल हुनसक्ने बताइएको छ। गत पुष ५ गते प्रधानममन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपनि नेकपा दुइ खेमामा विभाजित भएको छ।

ओली पक्ष प्रतिनिधिसभा विघटन गरि चुनावमा जाने निर्णयमा छ भने प्रचण्ड–नेपाल पक्ष सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भन्दै सडक सङ्घर्षमा छ। 

केहि दिनअघि मात्रै निर्वाचन आयोगले नेकपा आधिकारिकताको विषयमा निर्णय गर्दै दुबै पक्षले प्रस्तुत गरेका अधिकारिकता सम्बन्धिका दावीलाई अमान्य बताउँदै नेकपालाई पुरानै स्थितीमा फर्काएको थियो। यस निर्णयमा ओली पक्ष सकारात्मक भएपनि प्रचण्ड–नेपाल पक्ष भने असन्तुष्ट छ। 

अन्य सम्बन्धित समाचार:  अस्पताल, अक्सिजन र जनशक्तिको अभाव हुन नदिन सर्वोच्चको आदेश