घरको दोस्रो तल्लाबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं। निर्माणाधिन घरको दोस्रो तलाबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ। मध्यपुर थिमि–६ कुण्डोल कुण्डोलस्थित ठाकुर अधिकारीको निर्माणाधिन घरको दोस्रो तलामा काम गर्दा अचानक लडेर घाइते भएका काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ४० वर्षीय प्रेम मगरको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते मगरको थिमिस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन