सुनको मूल्य यथावत, चाँदीको बढ्यो

सुनको भाउ

काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ। बिहीबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैंया रहेको छ।

यस्तै बिहीबार १२ सय ४५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य भने ह्वात्तै बढेर १ हजार २ सय ८५ रुपैैंया कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य फेरी बढ्यो, तोलाको कति?