मकवानपुरमा बस दुर्घटनाः १५ जना घाइते, ७ को अवस्था गम्भीर 

मकवानपुर। मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब नौ बजे जिल्लाको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख ३३४४ नम्बरको बस बकैया गाउँपालिका–४, छतिवनमा दुर्घटनामा परेको हो। 

 घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ। बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइतेहरूको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार गरिएको थियो।

गम्भीर घाइते सात जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ। गम्भिर घाइते भएकाहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गाडीको ठक्करबाट सवारी चेकिङ गरिरहेका हवल्दारको मृत्यु