इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओको बाँडफाँड भएको छ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे सर्वसाधारणलाई निष्कासन गरेको शेयर बाँडफाँड भएको हो।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन्। आवेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ताका दरले बाँडफाँड भएको छ।

त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन्। आईपीओमा आवेदन गरेकोमध्ये भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ। कुल १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन्।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै