कर्मचारीमा कोरोना देखिएपछि मलेसिया स्थित नेपाली दूतावास बन्द

काठमाडौं। मलेसिया स्थित क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि दूतावास बन्द गरिएको छ।मलेसियाको क्वालालम्पुर क्षेत्रलगायत अन्य शहरहरुमा फेरि कोरोनाको प्रभाव बढदै गएपछि दुतावासमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो।

नेपाली दुतावास मलेसियाले राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दुतावासका सेवा बन्द गरिएको जनाएपनि दुतावासमा कार्यरत एक कर्मचारी कोरोना पोजेटिभ देखिएको छ।

हालसम्म मलेसियामा १ लाख ९८ हजार २०८ जनामा संक्रमण देखिएको छ भने १ लाख २९९ जनाले स्वास्थ्य लाभ लिएका छन्। जम्मा ७१७ जनाको मृत्यु भएको छ। मलेसियामा हाल आवागमन नियन्त्रण आदेश (एमसिओ) पुनः लागु गरिएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा ७७० जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु