निर्वाचन आयोगले बोलाएको छलफलमा अध्यक्षहरू गएनन् 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल पक्षका नेताहरु अध्यक्षहरुको सन्देश बोकेर निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि उपस्थित भएनन्। 

अहिले नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे र लिलामणि पोख्रेल तथा ओली समूहका तर्फबाट कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँल निर्वाचन आयोग पुगेका छन् ।

आयोगमा पुगेका पाण्डेले निर्वाचन आयोगले कसरी निर्वाचन गर्न सकिँदैन भनेर बोलाएको प्रतिक्रिया दिए । उनले आजको छलफलमा अध्यक्षहरू उपस्थित हुन नसकेको जानकारी गराउँदै अर्को छलफलका लागि आग्रह गरिने बताए । 

अन्य सम्बन्धित समाचार:  केपी ओली प्रधानमन्त्री नियुक्त