चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

सामूहिक

सप्तरी। चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवारलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरको हो। उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६६५ र भारतीय रुपैँया एक हजार ५०० समेत बरामद गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार गए राति उनले अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेको र सिसिटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएका हो।

अन्य सम्बन्धित समाचार:  माटोको ढिस्कोले पुरिएर आमा—छोराको मृत्यु