प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौंमा कांग्रेसको विरोध सभा

काठमाडौं। प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले शुक्रबार पनि प्रदर्शन गर्न लागेको छ। शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षार्थ तथा केपी ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा शहिद दिवसको अवसर पारेर कांग्रेसले विरोधसभाको आयोजना गरेको हो।

शुक्रबार दिउँसो १ बजेको प्रदर्शनपछि शान्ति बाटिकामा सभा गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ।

आन्दोलनरत कांग्रेसको विरोध सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले विभिन्नविरोध प्रदर्शनहरु गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाले पठाए तटस्थ रहेको पत्र