अनेरास्ववियूले घोषणा गर्यो तेस्रो चरणको आन्दोलन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा आजै काठमाडौंको सहिद पार्कमा श्रद्धाञ्जली सभा तय गरिएको छ।

मन्त्रीहरूलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरूका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने लगायतका विभिन्न कार्यक्रम तय गरिएको छ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।

अनेरास्ववियूले यसअघि पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ।

No description available.No description available.

अन्य सम्बन्धित समाचार:  अन्तर्राष्ट्रिय हवाइ उडान मध्यराती देखि बन्द हुदै