प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगसँग माग्यो केही दिन समय

काठमाडौं । प्रचण्ड–माधव पक्षले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई पत्र पठाएको छ।आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे अहिलेसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो।

निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड–नेपाल पक्षका नेताहरूले अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल राजधानीबाहिर भएकाले छलफलमा सहभागी नहुने जनाएका छन्।

प्रचण्ड–नेपाल पक्ष माघ १८ गतेसम्म उपत्यकाबहिरका राजनीतिक कार्यक्रममा छन्। प्रचण्ड नेपाल पक्षका लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेका हुन्। 

अन्य सम्बन्धित समाचार:  जसपाको बाबुराम—उपेन्द्र पक्षीय बैठक बोलाइयो