नोभाभ्याक्सको कोरोनाबिरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी

काठमाडौं। अमेरिकी खोप निर्माता नोभाभ्याक्सले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप ८९.३ प्रतिशत प्रभावकारी पाइएको छ।

बेलायतमा गरिएको क्लिनिकल परीक्षणको क्रममा उक्त खोप संक्रमण नियन्त्रणमा प्रभावकारी देखिएको बीबीसीले जनाएको छ।
कोरोनाको नयाँ प्रकार (भेरियन्ट)का लागि पनि उक्त खोप प्रभावकारी पाइएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नोभाभ्याक्सको कोरोना खोप प्रभावकारी देखिनु ‘सुखद् समाचार’ रहेको बताए। बेलायतले नोभाभ्याक्सको ६ करोड डोज खोप खरिदको सम्झौता गरिसकेको छ।

यो खोपले बेलायतमा अनुमति पाए सम्झौताअनुसारको खोप सन् २०२१ को अन्तिम जुलाईपछि उपलब्ध हुनेछ। अहिलेसम्म बेलायतले फाइजर र बायोएनटेक, अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका साथै मोडेर्नाले बनाएको सहित तीन कोरोना खोपलाई अनुमति दिइसकेको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा थप दुई जना संक्रमतिको मृत्यु

बेलायतमा गरिएको नोभाभ्याक्सको तेस्रो चरणको क्लिनिकल परीक्षणमा १८ देखि ८४ वर्ष उमेर समूहका १५ हजारभन्दा धेरै मानिसहरु सहभागी थिए।