न्युरोडबाट स्रोत नखुलेको ३८ लाखसहित पाँच पक्राउ

पाैने

काठमाडौं। स्रोत नखुलेको ३८ लाखसहित पाँचजना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२२, न्युरोडबाट ती पाँचजनालाई प्रहरीले पक्राउ गरेको हाे। 

हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तमाङ पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा ३८ लाख सात हजार रुपैयाँ नगद र २२ लाख आठ हजार १५० रुपैयाँ लेखिएका २४ थान चेक फेला पारी पक्राउ गरेको जनाइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु