गाँजासहित एक जना पक्राउ

सामूहिक

सुनसरी। करिब दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट १ किलो ९ सय ग्राम गाँजासहित धनकुटा नगरपालिका–९ बेलहराबेसी बस्ने २३ वर्षीय कमल बिष्ट पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कमललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन