चलचित्र ‘आमा’ युट्युबमा हेर्नुहोस् (भिडियोसहित)

 काठमाडौं। नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक भएको छ। बूढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो।

दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिकामा रहेको छ। डिएस डिजिटलको ब्यानरमा निर्मित सिनेमामा सुभास भुसालको संगीत, दीर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ।

गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो। नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो।