कोरोना भाइरसको खोप लगाएर आए नेपालमा क्वारेन्टाइन बस्न नपर्ने 

काठमाडौं। विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टाइन बस्न नपर्ने नियम लागू हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाले बताए।

उनका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी हुदैं छ। कोरोना भाइरसको खोप लगाएकाहरूलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टाइन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकाले जानकारी दिए। नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  देशभर नौ वर्षमुनिका २१३ बालबालिकामा कोरोना संक्रमण