ओमनमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं। ओमनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले शुक्रबार एक सूचना जारी गर्दै ओमानमा कोरोना भाइरसको नयाँ प्रजाती देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीकोे निर्णय अनुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्क हुन निर्देशन जारी गरेको छ। उक्त निर्देशिका अन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

दूतावासले पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न एवम् भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिलसमेत गरेको छ।

ओमानमा रहेका नेपालीलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं. २४६९६१७७ वा २४६९६८८३ अथवा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

अन्य सम्बन्धित समाचार:  खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल