कक्षा ११ र १२ मा गणित र सामाजिक मध्ये एक पढ्नै पर्ने

काठमाडौं। कक्षा ११ र १२ मा अनिवार्य विषयमा राखिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको विकल्पमा अनिवार्य विषयकै रूपमा गणित विषय विद्यार्थीले पढ्न पाउने भएका छन्। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन्। गणित वा सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा अनिवार्य हुने निर्णय भएको सचिव मैनालीले बताए। यसअघि भने कक्षा ११ र १२ मा गणितलाई ऐच्छिक विषयमा राखिएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने