निर्वाचन आयोगले ओली पक्षलाई धक्का दियोः माधव नेपाल

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई धक्का दिएको बताए। प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा नेकपाले शुक्रवार विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै  नेपालले प्रधानमन्त्री ओलीले मनोनयन गरेका केन्द्रीय सदस्यलाई आयोगले अवैध घोषणा गरेको जानकारी दिएका हुन्। 

उनले भने, ‘निर्वाचन आयोगले ओलीलाई धक्का दिएको छ, सडकछाप पार्टीको १५०० केन्द्रीय सदस्यलाई मान्यता दिएको छैन। बाटाबाटामा डम्फु बजाउँदै केन्द्रीय सदस्य बनाइएका सदस्यको बेहाल, बिजोक, घर न घाट भएको छ। ‘आयोगले पछारिसकेपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि छ भन्दै हुनुहुन्छ।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक