बसको ठक्करबाट एक जनाको मृत्यु

 धनुषा। बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको हो। सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालक पक्राउ परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कारागार पठाउनुपर्ने ५ जना कैदीबन्दीमा कोरोना संक्रमण