प्रधानमन्त्री कपको ट्रफी सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको ट्रफी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघले (क्यान)ले शुक्रबार कीर्तिपुर टीयू क्रिकेट मैदान परिसरमा ट्रफी सार्वजनिक गरेको हो।

प्रतियोगिताको फाइनलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब छन्। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिगमा आज दुई खेल हुँदै