देशभर थपिए १५७ कोरोना संक्रमित, ३३३ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २२१ जनाको नमूना परिक्षण गर्दा देशभर १ सय ५७ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ।

यसैगरी थप ३ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ।

अन्य सम्बन्धित समाचार:  डब्ल्यूएचओले स्वीकार गर्यो– कोरोना भाइरस हावाबाट सर्छ

यस्तै थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ।