कुलोमा डुबेर एक बालकको मृत्यु

पाल्पा। कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको रामपुर नगरपालिका– ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार कुलोमा डुबे लगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चालाई डाक्टरले तत्काल मृत घोषणा गरेको हो।

अन्य सम्बन्धित समाचार:  तानियो रातो मच्छिन्द्रनाथको रथ