ओली सरकार इतिहासकै असफलः नेता प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको दाबी गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली स्थिरता विरोधी भएको आरोप समेत लगाए।

प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “यो सरकार इतिहासकै सबैभन्दा निकम्मा, भ्रष्ट र असफल सरकार हो। केपी ओलीले आफ्नै दुईतिहाइ बहुमत भएको संसद् विघटन गर्नुभयो। त्यसैले केपी ओली स्थिरता विरोधी हो।’’

साथै उक्त कार्यक्रमबाट उनले रेल ल्याउन, पानीजहाज ल्याउन केपी ओलीलाई कसले अवरोध गर्याे ? भन्दै प्रश्न गरेका छन्। दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणापत्रमा चुनाव जितेको नेकपा सरकारले कृषकलाई मल दिन पनि नसकेको उनले खुलासा गरे। ओलीले अब जहाँबाट चुनाव लडे पनि उनको जमानत जफत हुने पौडेलले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह