आगोले जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

माेटरसाइकल

खोटाङ। आगोले जलेर १०१ वर्षीया वृद्धाको मृत्यु भएको छ। खोटाङस्थित खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोले जलेर गम्भीर घाईते भएकी एक सय एक बर्षिया वृद्धाको मृत्यु भएको छ। आगोले जलेर गम्भीर घाईते भएकी धनमुढाकी जेष्ठ महिला हिमादेवी अधिकारीको मृत्यू भएको जनाइएको छ।

खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालका अनुसार शुक्रबार बिहान गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको हो। वृद्धा अधिकारी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा सम्मानित व्यक्ति हुन्।

३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गत असोज १५ गते खोटेहाङ गाउँपालिकाले गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा हिमादेवीलाई सम्मान गरेको थियो।

अन्य सम्बन्धित समाचार:  श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा