केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै दोस्रो अग्लो केटु हिमाल आरोहण गरी कीर्तिमानी राखेको टोलीलाई बधाई दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै शाहले सर्वाधिक चिसो मौसममा पनि हिमाल आरोहण गरि कीर्तिमानी राख्ने टोलीलाई सम्मान गरेका हुन्। 

उनले विज्ञप्तिमा भनेका छन्, ‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान भाव व्यक्त गर्दछु’, ‘त्यस्तो प्रयन्तबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु।’

अन्य सम्बन्धित समाचार:  टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु