एक महिनाभित्र बादशाहलाई घोडाबाट खसाउँछौः प्रचण्ड

विराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक महिना भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको शासन अन्त्य गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्ध आज विराटनगरमा प्रचण्ड– नेपाल पक्षले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव केही समय मात्र आन्दोलन गर्नुपर्ने जानकारी दिए। ओलीलाई आवश्यक परे संविधानमा भएको ब्यवस्था प्रयोग गरेर कारवाही गर्ने समेत उनले चेतावनी दिए।

उनले भने, धेरै महिना लड्नु पर्दैन। एक महिना भित्र बादशाहलाई घोडाबाट खसाउनेछन् लोकतन्त्र फेरि ट्रयाकमा जानेछ,। अदालतप्रति भरोसा गरेर बसेका छौं। जरुरी परेमा सभामुखले बेठको आयोजना गर्ने र केपीलाई कारवाही गर्छौ। तर अदालतको भर छ। तपाइले ५ वर्षका लागि चुनाव जिताएर पठाएका हामी जिउँदै छौ। कसैले नक्कली ढंगले मारेर हुँदैन’।

त्यसैगरी हजारौ शहीदको रगतको बलिदानले संविधान बनाएको भए पनि ओलीको भष्मासुर प्रवृत्तिले विघटन गर्न खोजिएको  उनले बताए।

अन्य सम्बन्धित समाचार:  सभापति देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवनमा