पिठोमा लुकाएर लागूऔषध ओसारपसार, दुई पक्राउ

पाैने

वीरगञ्ज। लागूऔषध ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना. १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको जनाइएको छ। अटोमा अवैध कारोबार हुने गरेको सूचना पाएकाले प्रहरीले अटोलाई निगरानीमा राखेको थियो।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार सोही क्रममा बिहीबार राति पिठोको बोराभित्र र कपडाको झोलामा लुकाएर राखिएको अवस्थामा फेनारगन, नुर्फिनडाइजेपाम ६र६ सय एम्पुल बरामद गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव