९ वर्षीय बालकको हत्या गर्ने चार वर्षपछि पक्राउ

पाैने

पर्सा। चार वर्षअघि ९ वर्षीय बालकको हत्या गर्ने एक जना पक्राउ परेका छन्। पर्सा बहुदरमाई नगरपालिका–२ घर भई वीरगञ्ज महानगरपालिका–१४ राधेमाईका १९ वर्षीय रेयन महतो कम्करलाई ९ वर्षे राजन पटेलको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। ती बालकको २०७३ असोज २० गते बिहान वीरगञ्ज उपमहानगरपलिका–१४ मा शव फेला परेको थियो।

मेला गएका बेला कम्करले ललाइफकाइ सुनसान ठाउँमा समलिंगी संसर्ग (अप्राकृतिक मैथन) गर्न खोजेको तर राजनले नमानेपछि उनको घाँटी बटारेर हत्या गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।