मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोट। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा रसुवाको नौकुण्ड गाउँपालिका–५, बढहरेका प्रज्वल न्यौपानेको मृत्यु भएको हो। 

बा ७५ प ७६११ नम्बरको मोटरसाइकलमा उनी काठमाडौँबाट नुवाकोट जानेक्रममा नुवाकोटको केउरेनीमा साे मोटरसाइकल दुर्घटना भई न्यौपानेको  घटनास्थलमै मृत्यु भएको स्थानीय प्रकाश तामाङले बताए। 

अन्य सम्बन्धित समाचार:  चितुवाको छालासहित एक जना पक्राउ