टि१० लिगः सोमपाल सम्मिलित दिल्ली ९ विकेटले पराजित

आबुधाबी टि१० लिगमा मराठा अरेवियन्सबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले दिल्ली बुल्सविरुद्ध कमजोर प्रर्दशन गरेका छन् ।

दिल्लीले मराठालाई ९ विकेटले हराएको छ । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा इभिन लुइस १६ बलमा २ चौका र ७ छक्का सहित ५५ रनमा अविजित रहे । रवि बोपरा १२ बलमा ५ चौका सहित २८ रनमा अविजित रहँदै जित पक्का गरे । सोमपाल कामीले १ ओभर बलिङ गर्दा १७ रन खर्चिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मराठाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । मराठा का कप्तान मोसदेक होसेन २२ बलमा ५ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । जावेद अहमदी २४ र लाहिरु इन्भास ११ रनमा आउट भए । दिल्ली बुल्सका अली खान, अमद बुट र फिडेल एडवाड्र्सले एक एक विकेट लिए ।

अन्य सम्बन्धित समाचार:  इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीले जित्यो