जापानमा एकैदिन झण्डै एक सय उडान रद्द

एजेन्सी। जापानमा शुक्रबार एकैदिन झण्डै एक सय उडान रद्द भएका छन्। अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरू रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन्।

होकाइदोमा शुक्रबार प्रति सेकेन्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरूले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो ।

अन्य सम्बन्धित समाचार:  चिनियाँ सिनोफार्मा खोपलाई डब्ल्यूएचओको अनुमति