दिल्लीः इजरायली दूतावासमा भएको विस्फोटपछि एउटा चिठी भेटियो

नयाँदिल्ली। शुक्रबार दिल्लीको इजरायली दूतावासमा भएको विस्फोटपछि त्यहाँ एउटा सानो चिठी भेटिएको छ। 

भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तानका अनुसार यो चिठीमा इजरायली दूतावासको ठेगाना लेखिएको छ । तर, यो ठेगाना लेखिएको पाना र दिल्लीमा भएको विस्फोटबीच कुनै सम्बन्ध भए वा नभएको विषयमा अहिलेसम्म प्रष्ट हुन सकेको छैन । 

शुक्रबार साँझ भएको यो विस्फोटमा कुनै मानवीय क्षति भने भएको थिएन । तर, विस्फोटमा परेर सडक किनारमा राखिएका केही गाडीहरूमा क्षति पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा