बझाङमा भीरबाट खसालेर युवकको हत्या आरोपमा १ जना पक्राउ 

बझाङ। बझाङमा भीरबाट खसालेर युवकको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका –७ मा भीरबाट फालेर ३५ वर्षीय रमेश बोहराको हत्या गरेको आरोपमा स्थानीय ३३ वर्षीय लव बोहोरालाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।

उनीहरुले मादक पदार्थ सेवन गरी वादविवाद गर्दा सो हत्या भएको हुन सक्ने बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले बताए।