तराईका जिल्लामा २ हप्तासम्म बाक्लो हुस्सु

काठमाडाैं। तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ।  जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ। 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना समेत रहेको छ। उनका अनुसार अन्य क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ। 

आज काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बचाउन माग गर्दै रिट निवेदन