टोकियो बाट अन्यत्र बसाइ सर्नेको संख्या बढ्यो

टोकीयो। विश्वकै महँगो शहर भनेर चिनिने जापानको राजधानी टोकियो बाट अन्यत्र बसाइ सरेर जानेको संख्या बढेको छ।

जापानको सञ्चार मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार सन २०२० मा टोकियो छोडेर अन्यत्र बसाइ सर्नेको सङ्ख्यामा भारी वृद्धि भएको हो। सन २०२० मा ४ लाख १ हजार ८०५ जनाले टोकियो छोडेको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।

यो संख्या सन २०१९ को तुलनामा ४.७ प्रतिशतले बढी हो भने सन २०१४ पछिको अत्याधिक  कोरोना सक्रमणका कारण टोकियो छोड्नेहरु बढेको अधिकारीहरूले बताएका छन् ।

सक्रमण बढ्दै जानु र आपतकाल पनि लामो समय लगाइनुले पनि मानिसहरू अन्यत्र बसाइ सरेको सरकारी अधिकारीहरूको अनुमान छ । टोकियो छोड्नेहरुको संख्या बढ्दै गर्दा बसाइ सरेर टोकियो आउनेहरुको संख्या पनि ह्वात्तै घटेको तथ्याङ्कले देखाएको छ ।

सन २०२० मा ३१ हजार १२५ मानिसहर बसाइ सरी टोकियो छिरेका छन् जबकी सन २०१९ टोकियो बसाइ सर्नेको संख्या ८ लाख २ हजार ९८२ थियो ।

अन्य सम्बन्धित समाचार:  क्युबाले कोरोनाविरुद्धका दुई खोप विकास गर्दै