प्रधानमन्त्री ओली चितवन जाँदै

चितवन। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार(आज) चितवन जाँदैछन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका ओली चितवन जाने भएका हुन्।

दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्नुका साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास पनि गर्ने छन्।

अन्य सम्बन्धित समाचार:  स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा