तुम्लिङटार विमानस्थल दुई महिनाका लागि बन्द

संखुवासभा। तुम्लिङटार विमानस्थल शनिबारदेखि दुई महिना बन्द गरिएको छ । धावन मार्ग कालोपत्र गर्न विमानस्थलमा उडान र अवतरण बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

१ हजार ४ सय २० मिटर लम्बाइको विमानस्थल १० वर्षअघि कालोपत्र गरिएको थियो । विमानस्थलको स्तरोन्नति गर्न करिब दुई महिना लाग्ने भएकाले बन्द गरिएको प्राधिकरणका प्रमुख केशव लम्सालले बताए ।

निर्माण कम्पनीले स्तरोन्नतिको काम छिटो सके त्यसअघि नै नियमित उडानमा जाने उनको भनाइ छ । यात्रुको मागलाई दृष्टिगत गरी सात सय मिटर धावनमार्ग भने यो अवधिमा खुला गरिनेछ ।

अन्य सम्बन्धित समाचार:  आजबाट झापामा पूर्ण निषेधाज्ञा जारी