भन्सार छली वीरगन्ज छिरेको भारतीय स्कॉर्पियो बरामद 

पर्सा। भन्सार छली चोरी अवैध रुपमा वीरगन्ज छिरेको एक भारतीय स्कारपियो लाई प्रहरीले बरामद गरेको छ। वीरगन्ज १५ भेडियाहीबाट बिआर ०५ पिए ६०७२ नम्बरको भारतीय स्कारपियो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

लडाउनका बेला अवैध रुपमा नेपाल प्रवेश गरेको स्कारपियो वीरगन्ज र पर्साको ग्रामीण नाकामा सञ्चालन भइरहेको सूचनाको आधारमा खोजी तलासी गर्दा उक्त स्कारपियो बरामद भएको र कसैको कागजात सहितको दावी विरोध पनि नआएकोले आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार पठाइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

अन्य सम्बन्धित समाचार:  नेपालबाट भारततर्फ अक्सिजन लैजान खोज्ने तीनजना पक्राउ