चिसोले तराईको जनजीवन प्रभावित

वीरगंज। मध्यतराईका जिल्लमा चिसोका कारण जनजीवन प्रभावित बनेकोछ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको जल तथा मौसम विज्ञान केन्द्रका प्राविधिक शिवनन्दन यादवका अनुसार शुक्रवार बिहान अधिकतम ९ डिग्री सेल्सियस र न्युनतम ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए। त्यसैगरी, उनले ४ दशमलव ५ सापेक्षिक आद्रता मापन गरिएको बताए।

शनिबार भने तापक्रममा केही सुधार देखिएको छ। आज अधिकतम तापक्रम १३ मा पुगेको छ भने न्युनतम ९ डिग्री सेल्सियसमा झरेको छ।
उनले हावामा पानीको मात्रा बढेको र सोही हावा चल्दा शीतलहर महसुस भइरहेको पनि बताए।

उनले बुधवारदेखि लागातार चिसो बढिरहे पनि शनिबार तापक्रममा केही सुधार देखिएको हो। तराईमा शीतलहर बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। विद्यालयहरुमा शिक्षण सिकाइ गर्न पनि कठिन भएको शिक्षकहरुले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  गंगा नदी किनारमा भेटिए कम्तीमा ४० शव

खासगरी वृद्धवृद्धा तथा बालबालिका र गरिब, विपन्न समुदायका लागि यो चिसो कष्टकरण हुने भएकाले बिषेश ध्यान दिन आग्रह गरिएको छ।