प्रचण्ड– नेपाल पक्षले भरतपुरका मुख्य सडकमा टायर बाले

चितवन। नेकपा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडक पर्चा र टायर बालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउँदै गर्दा उनीहरुले भरतपुरको मुख्य चोकहरुमा टायर बालेका हुन् भने नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठाकुरले जानकारी दिए।

अनेरास्ववियू लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर , निरंकुशता लाद्न पाइदैन लगायतका नारा लेखिएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा आउने कार्यक्रम छ। प्रधानमन्त्री केपी ओली चितवन आएर आफ्नो सम्बोधन अघि महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्दै छन्।

यसको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग