विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगे प्रचण्ड

धनगढी। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफुपक्षिय भेलालाई सम्बोधन गर्न धनगढी पुगेका छन्।

सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगिसकेको उनको प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए। भेलालाई प्रचण्डसहित अर्का अध्यक्ष माधवकुमार नेपाल, सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललगायतका नेताले सम्बोधन गर्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–माधव समूहले चरणवद्ध सडक आन्दोलन गरिरहेको छ। माधव नेपाल सहितका नेताहरु भने शुक्रबारै धनगढी पुगिसकेका थिए।

अन्य सम्बन्धित समाचार:  जसपा नयाँ सरकार निर्माणको खेलमा सहभागी नहुने