भारतमा सडक दुर्घटनाः १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

भारतको उत्तर प्रदेश स्थित मुरादाबाद जिल्लामा बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० जनाभन्दा बढी घाइते भएका छन्।

आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन्। ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मरादाबाद जाँदै थियो। नानपुर पुलनजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको हो।

अन्य सम्बन्धित समाचार:  जापानको होक्काइडोमा भूकम्प