साउदी र युएईमा हतियार निर्यात रोक्ने इटालीको निर्णय

इटालीले साउदी अरब र युनाइटेड अरब इमिरेट्स (युएइ)मा हतियार निर्यातमा प्रतिबन्ध लगाएको छ। इटालीका विदेशमन्त्री लुइगी डी मायोले साउदी र युएईलाई मिसाइल र एयरक्राफ्ट बम निर्यात गर्नका लागि अधिकारिकता प्रदान गर्ने सम्झौता रद्द भएको शुक्रबार घोषणा गरेका छन्।

यससँगै इटाली शान्तिको पक्षमा रहेको स्पष्ट सन्देश विश्वलाई दिन चाहेको पनि विदेशमन्त्री मायोले बताएका छन्। इटाली मानवअधिकारको सम्मान गर्नबाट कहिल्यै नचुक्ने पनि उनले बताएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०१९ को तथ्याङ्कअनुसार साउदी र युएई इटालीको हतियार बजारमा क्रमशः १०औँ११औँ स्थान रहेको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकामा अब बालबालिकालाई पनि कोरोना विरुद्धकाे खाेप