ताजा जनादेशका लागि चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु गलत: कमल थापा

कमल

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु गलत रहेकाे बताएका छन्।

थापाले  ट्विटरमा नयाँ चुनावको समर्थन केपी ओली र सरकारको समर्थन नभएको बताँउदै सरकारको असफलता र अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश उपयुक्त भएकाे उनकाे दाबी छ।

अध्यक्ष थापाले विगतको अनुभवका आधारमा संविधानले स्थिरतालाई जोड दिए पनि बहुमतको सरकार चल्न नसके नयाँ चुनाव प्रजातन्त्रको सर्वमान्य अभ्यास भएको जिकिर समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता, के भयो कुराकानी?