आहा रारा गोल्डकपको १९ औं संस्करण चैत १७ गतेबाट

पोखरा। आहा रारागोल्डकप फुटबलको १९ औं संस्करण आउँदो चैत १७ गतेबाट गोल्डकप फुटबलको १९ औं संस्करण आउँदो चैत १७ गतेबाट पोखरामा हुने भएको छ ।

आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरि चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता गर्ने जनाएको हो ।

प्रतियोगितामा विदेशी क्लबसहित ए डिभिजन र मोफसलका टिमसहित १२ टिमले प्रतिस्पर्धा गर्ने तय भएको क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी गराए ।

प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन । टिकट शुल्क हेरेर पुरस्कार राशी राखिने अध्यक्ष थापाको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  डेभिड लुइज आर्सनल छाड्दै