लागू औषधसहित ३ जना पक्राउ

वीरगञ्ज। पर्सामा ठुलो परिमाणमा लागु औसधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कालिकामाई गाउँपालिका–३ निवासी प्रेम हजारा शुक्रबार पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा उनको घरमा छापा मारी एक किलो सय ग्राम गाँजा र ४ सय ग्राम चरेशसहित उनलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

एसपी पाण्डेका अनुसार पक्राउ परेका हजारालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । यसअघि शुक्रबार पर्सा प्रहरीले १८ सय लागुऔषध एम्पुल सहित दुईजनालाई पक्राउ गरेको थियो । ​

अन्य सम्बन्धित समाचार:  पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु