कुवेतमा एक नेपालीको हत्या

काठमाडौं। वैदेशिक रोजगारीमा गएका एक नेपालीको कुवेतमा विभत्स हत्या भएको छ। कुवेतकाे अब्दालीको मरुभूमिबाट करिब दुई किलोमिटर टाढा एक नेपाली कामदारको कंकालको अवशेष भेटिएपछि रोजगारीका लागि त्यहाँ रहेका नेपाली त्रसित बनेका छन्। नेपाली कामदारको हत्या निकै निर्ममतापूर्वक गरिएको हुनसक्ने त्यहाँ रहेका नेपालीहरुले आंकलन गरेका छन्। बालुवामा गाडिएको शव मरुभुमिका जंगली कुकुरहरुले खोस्रिंदा भेटिएको बताइएको छ।

कुवेतको अपराध अनुसन्धान विभाग (सिआइडी)ले उक्त शव नेपाली कामदारकोे भएको बताएको छ। हत्या गरिएका ती नेपाली केही महिना अघिदेखि आफ्नो कार्यस्थलबाट बेपत्ता भएका थिए। खोजी गर्दा नभेटिएपछि त्यसको रिपोर्ट स्थानीय प्रहरीलाई गरिएको बताइएको छ।

हत्याराको पहिचान गर्न अनुसन्धानलाई तिब्रता दिएको बताउँदै कुवेत प्रहरीको सिआइडीले थप कर्मचारी प्रयोग गरेर हत्याराको पहिचान गर्न लागि परेको बताएको छ। हत्या गरिएका ती नेपालीको नाम, थर र नेपालको ठेगानासहितको पहिचान खुल्न नसकेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  एकैदिनमा २१४ जना कोरोना संक्रमितको मृत्यु, ९२४७ जनामा कोरोना संक्रमण