सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्ट दलालको पनि दलाल भए: प्रचण्ड

कैलाली। नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाएका छन्। शनिबार धनगढीमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, “मैले नै हुर्काएर मन्त्री बनाएको एउटा मान्छे कता हो कता सोच्नै नसक्ने गरी गए, ‘अब उनी केपीको वरिपरि घुम्ने भए, केपी ओली आफैँ दलाल हुन्, उनी दलालको पनि दलाल भए।’

नेकपा विभाजन हुँदा पूर्वमाओवादीका अधिंकाश नेताहरू ओली पक्षमा गएकाे प्रति लक्षित गर्दै प्रचण्डले भट्ट दलालकाे पनि दलाल भएकाे उद्घाेष गरेका हुन्।

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको सपथमा यसो भन्छन् बाबुराम