केही मान्छे बाहिरिँदैमा नेकपालाई केही फरक पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। चितवनमा शनिबार भएकाे आफू पक्षको भेलालाई सम्बोधन गर्दै उनले केही मान्छे बाहिरिँदैमा नेकपालाई केही फरक नपर्ने बताए। उनले भने,” पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’,।

ओलीले पार्टीभित्र शुद्धिकरण आवश्यक रहेको पनि बताए। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई लक्षित गर्दै पार्टीभित्रबाट निस्केर गएको टिप्पणी गरे।

   

 

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग